नझुक्किनु होला, आज ढाँट्ने दिन हो

काठमाडौ । अंग्रेज वर्षको आज अप्रिल १ तारिख । पश्चिमा संस्कृति अनुसार अप्रिल १ तारिखका दिनलाई अप्रिल फूलको रुपमा मनाउने गरिन्छ । अप्रिल फूल अर्थात विश्व मुर्ख दिवसलाई पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ ।
अप्रिल फूलको दिन साथीभाई तथा इष्टमित्रलाई झुक्याउँदै मुर्ख बनाउने चलन छ । अरुलाई मुर्ख बनाएर दुःख दिने आफूले आनन्द लिने यो दिनलाई मानिसले निको मान्दैनन् तर पनि रमाइलो मान्दै एकले अर्कोलाई झुक्याउने चलन नेपालमा पनि बढ्दै गएको छ ।

नेपालमा राजनीतिक दलहरुले आफैले प्रतिवद्धता गरेका कुराहरु समेत कार्यान्वयन नगरेका हुनाले नेताहरुका लागि भने नेपालमा सधै अप्रिल फूल भनेर पनि सामाजिक सञ्जालहरुमा ब्यंग्य गर्न थालिएको छ ।

अप्रिल फूलको इतिहास

मुर्ख दिवस मनाउनेबारेमा रोचक अवधारणा प्रचलित छ । ती मध्ये रोचक अवधारणा अनुसार प्राचिनकालमा रोमन समुदायले अप्रिलमा आफ्नो नयाँ वर्षको सुरुवात गर्दथे । मध्यकालिन युरोपमा २५ मार्चमा नयाँ वर्षको उपलक्ष्यमा एक उत्सव मनाएका थिए । यद्यपि १८५२ मा पोप ग्रेगरी अष्टमले ग्रेगेरियन क्यालेण्डरको घोषणा गरे । जसको आधारमा जनवरीमा अंग्रेजी नयाँ वर्षको सुरुवात गरियो । फ्रान्सले उक्त क्यालेण्डरको सवैभन्दा पहिला स्वीकार गरेको थियो ।

जनश्रुतिको आधारमा यूरोपका केही नागरिकले जहाँ यो क्यालेण्डरको अस्वीकार गरेका थिए भने केही नागरिकलाई यसबारेमा जानकारीसमेत थिएन । नयाँ क्यालेण्डर अनुसार नयाँ वर्ष मनाउने नागरिकहरुले अप्रिलमा नयाँ वर्ष मनाउने नागरिकहरुलाई मुर्ख बनाए । त्याहाँदेखि नै अप्रिल फूल अथवा मुर्ख दिवसको चलन बढ्दै गएको हो ।

यी विषयमा ठट्टा नगर्नुस्

कसैको स्वास्थ्य सम्बन्धी खबरलाई लिएर ।
कसैको जीवनको विषयमा ।
अश्लिल र भद्दा ख्याल ठट्टा ।
कुनै धर्म, सम्प्रदाय, जातिलाई लिएर ठट्टा नगर्नुस्
अति संवेदनशील भैपरि आउने घटनाः आगलागी, दूर्घटना लगायतमा ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation