![](http://upakaronline.com/wp-content/uploads/2024/04/d0393691-2efc-478d-80ce-9765926fd3c3-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न भएको छ । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लि.ले अभिकर्ताहहरुको ब्यवसायिक शिप विकासका लागि यस्तो तालिम प्रर्दान गरिएको मुर्गीया शाखाले जनाएको छ ।
मानिसको जिवनमा विभिन्न खाले अनपेक्षित घटनाहरु जस्तै पुर्ण अपाङ्ग, घातक रोग (२ प्रकारका) र मृत्युको जोखि बहन गर्नका लागि जिवन बीमा योजनाको आवश्यक्ता र यसको प्रभावकारीताबारे तालिममा सिकाईएको थियो । साथै कम्पनीमा अभिकर्ता भई कार्य गर्दा हुने ब्यवसायिक सुविधाहरु समेत बताईएको थियो । तालिलममा सैनामैना नगरपालिकामा रहेका संघसंस्था, महिला समुह तथा युवा क्लवहरुबाट गरि २० जनाको सहभागिता रहेको थियो ।