![](http://upakaronline.com/wp-content/uploads/2024/05/s-670x420.jpg)
सैनामैना । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रुपन्देही खानेपानी संस्था कर्मचारी समितिको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सैनामैना-१ मा अवस्थित सैनामैना खानेपानी तथा सरसफाइ सस्थाको प्रांगणमा आयोजना गरिएको रक्तदानमा ५५ जनाले रक्तदान र १३५ जना निशुल्क सुगर परिक्षण गरेको मुर्गिया खानेपानी सस्थाका व्यवस्थापक प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो ।
उक्त रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सैनामैना र मुर्गिया खानेपानीका पदाधिकारी सदस्य, खानेपानी संस्थाका कर्मचारी र उपभोक्तहरुले रक्तदान गरेका थिए । एप्पल प्याथ ल्याब सैनामैना १ को प्राविधिक सहयोगमा सुगर परिक्षण गरिएको थियो ।
रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत नपाएर अकालमै कसैको ज्यान नजाओ भनेर बृहत रक्तदान तथा निशुल्क सुगर परिक्षण कार्यक्रम गरिएको रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।
सो अवसरमा बोल्दै उहाँले मानिसको जिवनमा अत्यावश्यक चिज खानेपानी सस्थानले खानेपानी र सरसफाइको क्षेत्रमा कार्य गर्दै आएको स्मारण गर्दै श्रमिक दिवसमा आयोजना गरिएको रगतदान (पुण्य कार्य) आफैंमा मानवीय र रचनात्मक रहेको बताउनुभयो । रक्त अभावले विरामिको ज्यानै जाने हुनाले एकथोपा रगतले कसैको जिवन बचाउन सकिन्छ भने रक्तदान जिवनदान जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरि श्रमिक दिवस मनाइएकोमा सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै सबैमा रगतदान गर्न आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिकाका जनप्रतिनिधि धनमन्त्री चौधरी, खानेपानी महासंघ लुम्बिनी प्रदेशका महा सचिव शालिकराम भण्डारी, रुपन्देही जिल्ल्ला खानेपानी महासंघका सचिव कृष्ण प्रसाद कंडेल, मुर्गीया खानेपानीका अध्यक्ष प्रेम बहादुर बानिया, उपाध्यक्ष देविदत्त सुवेदी, संस्थाका पूर्व अध्यक्ष पदम सवेदी, लुम्बिनी मिडिया हबका प्रोप्राईटर प्रकाश गौतम, नमस्ते लुम्बिनी मिडियाका प्रबन्ध निर्देशक चण्डी बस्याल, रेडियो मलमलाका स्टेशन म्यानेजर टिका खरेल, स्थानीय समाजसेवी, बुद्धिजिविहरुको आतिथ्यता रहेको कार्यक्रममा श्रमिक दिवसको शुभकामना दिदै रक्तदान जस्तो महादान कार्य जनसमुदायलाई बुझाउदै रगतदानमा सरिक हुन सबैमा अनुरोध गर्नुभएको थियोे ।
सैनामैना खानेपानीका उपाध्यक्ष बाबुराम ज्ञवालीको स्वागत तथा रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका सचिव सुर्य चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।