संजिव गहतराज ।
रुपन्देहिको बुटवलमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बनी प्रदेश अन्तर्गत बुटवल एरियाको आयोजनामा एक दिने लिडरहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मानव मस्तिष्कले जे चाहन्छ त्यो पाउन सक्ने अदभुत प्राकृतिक क्षमता भएकोले बीमा अभिकर्ताहरुले लक्ष्य निर्धारण गर्नुपर्नेमा कार्यक्रमको प्रमुख अतिथि प्रमुख बजार अधिकृत गणेश चौलागाईले जोड दिनुभयो । तालिममको उद्देश्य तथा औचित्य माथि प्रकाश पार्दै जीवन बीमाले मानव जिवनमा आईपर्ने जोखिम बहन गर्ने हुदा लाखौ परिवारको बित्तिय सुरक्षा आई.एम.ई लाईफ कम्पनीले लिएको प्रति सबैले गौरब गर्नुपर्नेमा प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सिनाले जोड दिनुभयो । स्वागत मन्तव्य गदै तालिममले ब्यवसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने गुल्मी एरिया शाखा प्रमुख खुमलाल अर्यालले बताउनुभयो । सकारात्मक सोच, प्रडक्टको आकर्षण, ब्यक्तित्व बिकासका नियम र बीमा प्रतिको गलत धारणा लगाएतको विषयमा प्रशिक्षक तथा बरिष्ट उत्प्रेरक सौरभ लोहनीले सहजीकरण गर्नुभएको थियो ।
सहभागिहरुको तर्फबाट मनतब्य दिदै छोटो समयमा अन्य जीवन बीमा कम्पनीहरुलाई पछाडि पार्दै अग्रता कायम गरेको प्रति खुसि ब्यक्त गर्दै अभिकर्ता भएर काम गर्न पाउदा आफु सन्तुष्ट भएको चिन्तामणी खरेलले बताउनुभयो । शाखा प्रमुखहरुको तर्फबाट मनतब्य राख्दै तालिम अत्यन्तै महत्वपुर्ण भएकोले मानव जिवन अनिस्चत हुनेहुदा बीमा गर्न ढिलो गर्न नहुने तर्क गुल्मी शाखा प्रमुख बिमल छन्तेलले जोडदिनुभयो । तालिलममा बुटवल ऐरियाका १० वटा शाखाहरुबाट १७० जना भन्दा बढी अभिकर्ता तथा बुटवल एरिया र गुल्मी एरियाका शाखा प्रमुखहरु तथा प्रदेश संयोजकको सहभागिता समेत रहेको थियो । कार्यक्रमको अध्यक्षता बुटवल क्षेत्रीय प्रवन्धक राजेन्द्र पन्थीको रहेको थियो भने चन्द्रौटा शाखा प्रमुख माया बस्नेतको संचालन गर्नु भएको थियो ।