बुटवल । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । त्यस अघि नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे छलफल भएको छ ।
ईन्जिनीयर सविता ज्ञवालीले २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको बताइन । बिस्पोटको समयमा निश्चि दूरीमा मानवीय गतिविधिलाई रोक्नुका साथै उक्त सडक हुँदै गुड्ने सवारीका साधनलाई समेत केही समय रोक्ने तथा सुचारु गर्नका लागि ट्राफिक प्रहरीको परिचालन गरिने छ ।
आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।