सकियो सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम

उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक समितिले दुईदिने अभिमुखीकरण (तालिम) सञ्चालन गरेको हो ।

वडा स्तरमै आउने सामान्य किसिमका विवाद वडाबाटै समाधान र मेलमिलाप गर्न कानुन सम्बन्धि जानकार बनाउन नगरका ११ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, न्यायीक समिती तथा मेलमिलापकर्तालाई तालिम दिएको सैनामैना नगरपालिका उपप्रमुख एव न्याय समिति संयोजक विना रानाले बताउनुभयो । उहाँले स्थानीयस्तरमा हुने साना तिना विवादका घटना वडाबाटै निष्पक्ष र पारदर्शी रुपमा न्याय सम्पादन गराउने गरिएको र वडाबाट समाधान हुन नसकेको विवादलाई नगरको न्यायीक समितिले मेलमिलापको माध्यमबाट विवाद समाधान गरि नागरिकलाई सजह रूपमा न्याय प्राप्त गरेको अनुभुतिले जनताले स्थानीय सरकार र न्यायीक समितिप्रति विश्वास बढाएको बताउनुभयो । उपप्रमुख रानाले न्यायिक निरुपणका कानुनी प्राबधानका बारेमा जानकार भएर टोल र वडामा आएका समस्या तथा विवादलाई टोलमै समाधान एवं मेलमिलाप गर्न तालीम उपयोगी हुने बताउदै छिटो छरितो तरिकाले मुद्दाको किनारा लगाएर नगरिकलाई सहजता प्रदान गरि काम गरेकोले नगरमा कोहि कसैले अन्याय सहेर बस्न नपर्ने बताउँनुभयो ।May be an image of 1 person and text

सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगरपालिकाले नगरबासी सबैलाई न्यायको प्रत्याभुत गराउने विश्वास दिलाउनुभयो । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले सानातिना विवादलाई वडा स्तरीय मेलमिलाप समितिमार्फत मुद्दालाई छिनोफानो गरेर न्यायलाई सबै नागरिकको पहुँच पुर्याउनुपर्ने जोड दिदै उहाँले तालिममा सिकेका विषयवस्तु व्यवहारिक कार्यान्वयनमा जोड दिई न्याय सम्पदान गर्न आग्रह गर्नुभयो । न्यायपालिका सदस्य दुर्गामाया श्रेष्ठ तथा नगर सदस्य तेजेन्द्र सुवेदीले तालिमबाट सिकेका सिकाई आ–आफ्नो वडा, गाउँघरमा प्रयोग गर्दै सामान्य प्रकृतिका विवाद, पालिका, अदालत नपुर्याई वडा स्तरमै समाधान गर्ने बताउनुभयो ।

तालिममा मेलमिलाप कर्ताहरुको काम, कर्तव्य र क्षेत्रअधिकारका बारेमा जानकारी गराउनुको साथै ग्रामिण क्षेत्रमा हुने हिंसा न्यूनिकरण र विवाद समाधान गर्न सकिने अवस्था तथा प्रकृयाको बारेमा प्रशिक्षक राम बहादुर राउतराउत मेलमिलाप कर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो। । नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिती संयोजक विना रानाको अध्यक्षतामा तथा सैनामैना-४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको सञ्चालन कार्यक्रम सप्पन्न भएको थियो ।

May be an image of 5 people and people studying

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation