विमल गैरे, सैनामैना ।
तिनाउ पश्चिम वितरक संघको प्रथम अधिवेशनबाट नरेश न्यौपाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनभएको छ । बुधवार सम्पन्न संघको प्रथम अधिवेशनले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै तिनाउ पश्चिम वितरक संघको उपाध्यक्षमा शोभाखर बेल्वासे र महासचिवमा विक्रम अर्याललाई चयन हुनभएको छ । सचिव अभिनय घिमिरे, कोषध्यक्ष जयराम पौडेल चयन हुदाँ सदस्यहरुमा शम्भु ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली, सन्तोष पन्थी, वेद प्रसाद पन्थ, दामोदर न्यौपाने लगायत चयन भएको नव निर्वाचित उपाध्यक्ष शोभाखर बेल्वासेले उपकार अनलाइनलाई बताउनुभयो ।
तिनाउ पश्चिम वितरक संघले होमनाथ सुबेदीको संयोजकमा लेखा समिति समेत गठन गरेको छ जसको सदस्यमा दिपक पोख्रेल र कमल न्यौपाने चयन हुनुभएको छ । तिनाउ पश्चिम वितरक संघको अध्यक्ष पदमा पुन चयन भए पछि बोल्दै नरेश न्यौपानेले आगामी दिनमा संघलाई थप चलायमान बनाउदै लैजाने बताउनु भयो । हाल यस सस्थामा २८ सदस्य संख्या मात्र रहेको र आगामी दिनका यो संख्या बढाउदै लैजाने पनि मुख्य योजना रहेको न्यौपानेको भनाई छ । उहाले भन्नुभयो आर्थिक मन्दीले अहिले जुनसुकै व्यापार व्यवसाय संकटमा परेको भन्दै राज्यले यता तर्फ ध्यान दिन सुझाव समेत दिनुभयो ।