सागर बेल्बासे,कपिलवस्तु
यहि जेष्ठ १६ गते देखि २२ गते सम्म ब्रह्माकुमरी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र जितपुर शाखाले एक हप्ताको शिविर आयोजना गरेको थियो। एक हप्ता सम्म संचालित उक्त शिविरमा बाणगङ्गा १ र २ वडाका वडाबासिको उत्साहजनक सहभागिता रहेको थियो।उक्त कार्यक्रम हरेक दिन बिहानको ४:३० बजे देखि ७ बजे सम्म वाणगङ्गा नगरपालिका १ बैरिया, मायादेबि रिसोर्टमा संचालन गरिएको थियो। स्वस्थ एवं खुशियाली जीवन कसरी बनाउने,हरेक कुरालाइ सकारात्मक सोंचाइको माध्यम मा कसरी परिमार्जन गर्ने भन्ने प्रमुख कुरालाई ध्यानमा राखी ज्ञान गुणका कुराहरू सिकाइएको थियो।
गित संगितका साथमा शारीरिक रुपमा शुश्म ब्यायाम संगै मानिसहरुलाइ सकारात्मक सोचाइको बिकास कसरी गर्ने,हामिले दैनिक आहार विहार मा के कस्ता कुराको ध्यान राख्ने, खानेकुरा के कसरी खाने हाम्रो शरीरलाई कसरी स्वस्थ र स्वच्छ राख्ने,हाम्रो परिवारमा कसरि खुशियाली परिवार बनाउने जस्ता दैनिक जिवनयापनका अत्यन्तै लाभदायक कुराहरुलाइ योग,ध्यान, विभिन्न खेल,नाटक ,गित संगित,गजल कविता,भजन र भिडियो को माध्यम बाट प्रत्यक्ष दृश्य अवलोकन गराइ एक हप्ते शिविर समापन गरिएको छ।आजको समापन सत्रमा ब्रह्मकुमारी इश्वरिय विश्वबिद्यालय जितपुर सेन्टर कि प्रमुख राधिका दिदी को अध्यक्षता,योग प्रशिक्षक भक्ती पाण्डे को संचालन मा सेन्टर संग आवद्ध धेरै दिदी,भाइहरुको उपस्थिति सहित एक हप्ते कोर्सको सुझाव र प्रतिक्रिया आदानप्रदान सहित कार्यक्रम संचालनमा एक हप्ताका लागि निशुल्क हल तथा प्राङ्गड उपलब्ध गराइदिनुभएका मायादेवी रिसोर्ट का संचालक कृष्णहरि श्रेष्ठ र बिरेन्द्र श्रेष्ठ लाई धन्यवाद सहित बिशेष सम्मान गरिएको थियो।
एक हप्ता सम्म नियमित प्रमुख प्रशिक्षकको भुमिकामा अत्यन्तै मनमोहक र प्रभावकारी ढङ्गबाट नवीन पन्थिले प्रशिक्षण दिनुभएको थियो।कार्यक्रम मा यश क्षेत्र का ब्यबसाइ,शिक्षक,कर्मचारी,डाक्टर,संचारकर्मी,जेष्ठ नागरिक ,पंडित लगायत विभिन्न संघ संस्थामा आवद्द ब्याक्तिहरु सहित आम नागरिक को समेत अत्यन्तै रुचिपुर्वक स्वतस्फूर्त चाखलाग्दो ढङ्गको उल्लेखनीय उपस्थिति सहित कार्यक्रम समापन भएको प्रशिक्षक नवीन पन्थी र भक्ती पाण्डे ले जानकारी गराउनु भएको छ।समापन सत्र सम्म पुरै कक्षा मा सहभागी कर्ण तिवारी९कुमार०,रामचन्द्र बेल्बासे,निर्मला कंडेल,स्वस्तिका बेल्बासे लगायत ले मानव जिवनमा यो राजयोग प्रशिक्षण ले अत्यन्तै सकारात्मक उर्जा प्रदान गरेको प्रतिक्रिया दिनुभएको छ।समापन सत्रमै सहभागी बुद्दिसागर बेल्बासे ले गाजल र मुक्तक को प्रस्तुति सहित आयोजक,सहयोगी र सबै सहभागिलाइ धन्यवाद प्रकट गर्नुभएको थियो।
कार्यक्रम मा पतन्जली योग सेन्टर मा आवद्ध धेरै सदस्य को सहभागीता थियो भने आजसम्म कार्यक्रम मा सहभागी सबैलाइ आशिर्वचन र प्रसाद सहित मानव जिवनमा बहुउपयोगी महामन्त्रका ब्रोसर हरु समेत प्रदान गरिएको थियो।आजको कार्यक्रम मा बितरण गरिएको प्रसाद को लागि बुद्दिसागर बेल्बासे श्री बेल्बासे ट्रेडर्स एन्ड मामा रनर ट्रेड र ब्रोसर तथा फ्ल्याक्स का लागि रामचन्द्र बेल्बासे देउराली फोटो स्टुडियोको तर्फबाट आर्थिक सहभागिता जनाउनुभएको बिश्वबिद्धालय का अभिभावक तथा साहित्य र नाटक प्रशिक्षक धुर्व पन्थिले जानकारी दिनुभएको छ।ब्रह्मकुमारी इश्वरिय बिश्वबिद्धालय तथा राज योग प्रशिक्षण केन्द्रले गर्ने कार्यक्रम मा कंही कतै फरक धार्मिक संस्था का रुपमा हल्ला चलाइएका घटनाहरुलाइ समेत प्रमुख प्रशिक्षक नवीन पन्थिले सातै दिनको सप्ताह मा सहभागी प्रकटेश्वर महादेव मन्दिर पिपराका पंडित गुणनिधी ढुङ्गाना ज्यु संग दैनिक रुपमै धार्मिक र आध्यात्मिक मान्यता का यथार्थ र कर्मकाण्डि चलन का बिषयमा प्रस्न उत्तर सहित सबै सहभागी लाई पुर्ण चित्रण सहित दिब्य ज्ञान प्रदान गरि यथार्थ प्रस्टाइदिन सफल भएको सहभागीहरुले जनाउनुभएको छ।
बिश्व का करिब १४० देश आध्यात्मिक गैरसरकारी संस्थाको रुपमा दर्ता भै बाह्र हजार भन्दा बढी सेन्टर सन्चालनमा रहिरहेका शिव बाब को ज्वतिरस्वरुप र परमधाम लाई सबै धर्म ले कुनै न कुनै हिसाबले अवलम्बन गरिराखेका ठोस मान्यता लाई यश संस्थाले परम आत्मा ९परमेश्वर० शिव बाबा,परम धाम र ॐशान्ती महामन्त्र का बिषयलाइ अत्यन्तै गहिरो तर सहज ढङ्गबाट प्रशिक्षित गराउदै आएकाले कोहि कुनै भ्रमबाट तरङ्गित नहुन पन्थीले आग्रह समेत गर्नुभएको छ।