खानेपानीसंग भएको करौडौ रकम समुदायमा लगानी गरौ : मन्त्री ढकाल

टिका खरेल, सैनामैना ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । बुधवार बिश्व बतावरण दिवसको अवसरमा शहरी बिकास तथा खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैनाको सह–आयोजनामा आयोजित कार्यक्रममा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सो बताउनु भएको हो ।

खानेपानी तथा सरसफाई संस्थाहरुमा जनताबाट उठेको ठुलो रकम अनावश्यक रुपमा बैङ्कमा बसी रहेको प्रसङ उठाउदै सो रकम अब समुदायमा नै योजना बनाएर लगानी गर्नु पर्ने मन्त्री ढकालले बताउनु भएको हो ।
उहाँले भन्नु भयो पैसा “हामीसंगै छ मात्र परिचालन गर्न सकिरहेका छैनौ, खानेपानीको खातामा रहेको पैसा जनताको नै पैसा हो अब त्यो पैसा योजना बनाएर जनता कै लागी खर्च गर्नु पर्छ” बातावरणी प्रभावकै कारण पानी कम पर्न थालेकोले सबैले बाताबरण सफा र स्वच्छ बनाउने तर्फ सबै सचेत हुनुपर्ने समेत उहाँले बताउनु भएको थियो । हाल प्रयोग गरिरहेको पानी शुद्ध र स्वच्छ हुन नसकेको बताउदै पिउने पानीमा समस्या भएकोले पानीमा गुणस्तर कायम गर्न प्रदेश सरकारले २ वटा घुम्ती सेवा सहितको एम्बुलेन्स ब्यवस्थापन गरि खानेपानीको गुणस्तर मापन गर्ने योजना बनाएको समेत उहाँले बताउनु भएको थियो ।

खानेपानी आयोजनाहरु निर्माण गरि समुदायमा हस्तान्तरण गर्ने गरि नीति तथा कार्यक्रम ल्याईएको र घाटामा रहेका खानेपानी संस्थानहरुको सबै दायित्व तिर्ने गरि योजना प्रदेश सरकारले बनाएको समेत ढकालले जानकारी दिनु भयो । सरसफाइमा स्थानीय पालिकासंग मिलेर सहलगानी र सहकार्य गरि सरसफाइ कार्यक्रम तय गर्ने समेत योजना रहेको मन्त्री ढकालको भनाई थियो ।

सैनामैनाको मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा करिब ८ करोड, सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा करिब ४ करोड २० लाख, दुधराक्ष खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा ५० लाख रकम रहेको संस्थाले जनाएको छ । सैनामैनामा अन्य खानेपानी संस्थाहरु रहेका छन ।

बाताबरण जोगाउदै हरियाली कायम गरेर बातावरणको संरक्षणमा गर्नु सबैको दायित्व भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेशका महासचिव शालिकराम भण्डारीले बताउनु भयो । चुरे क्षेत्रको संरक्षण गर्दै पानीको स्रोतलाई बचाउने तर्फ बिशेष योजना बनाउनु पर्ने र बिकासको नाममा नदीजन्य पदार्थको दुरुपयोग र खोला नालाको दोहोन रोक्नु पर्ने समेत भण्डारीको भनाई थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन प्रमुख राज कुमार चौधरी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका रुपन्देही अध्यक्ष धु्रव धिताल, सैनामैना वडा नं १० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरे, सैनामैना वडा नं ११ का वडा अध्यक्ष राम प्रसाद भुषाल लगायतले बातावरणको बिषयमा बोल्नु भएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैनाका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भिम खड्काले गर्नुभएको थियो ।

 

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation