सैनामैनामा स्काउटद्वारा लोक नृत्य प्रतियोगिता सम्पन्न : सिद्धार्थ प्रथम

प्रदिप ज्ञवाली, सैनामैना ।
सैनामैना ओपन स्काउट क्रिउले नेपाल स्काउटको ७३औं स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता कार्यकम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमका सैनामैना ओपन स्काउट क्रिउका सिनियर टिम लिडर शिवम् घिमिरेको अध्यक्षता , सैनामैना नगरपालिका उप(प्रमुख बिना रानाको प्रमुख आतिथ्यता , नेपाल स्काउट लुम्बिनी प्रदेश प्रमुख आयुक्त दिननाथ भट्टराईको विशिष्ट आतिथ्यता साथै नेपाल स्काउट स्थानीय स्काउट सैनामैना नगरपालिका प्रमुख आयुक्त विष्णु प्रसाद घिमिरे, नेपाल स्काउट स्थानीय स्काउट कञ्चन गाउँपालिका प्रमुख आयुक्त युवराज गौतम , सिदार्थ मेमोरियल एकेडेमीका स्काउट संरक्षक भोजराज पौडेल लगायत सैनामैना नगरपालिका स्काउट , कञ्चन गाउँपालिका स्काउट क्रिउ , बुटवल उपमानगरपालिकाका स्काउट क्रिउको उपस्थिति रहेको थियो ।

स्काउट सञ्चालन भएका विद्यालय मध्ये सैनामैना र कञ्चन गरी जम्मा सात विद्यालयले सहभागी जनाएका थिए । जसमध्ये श्री सिद्धार्थ मेमोरियल एकेडेमी प्रथम हुन सफम भएको थियो । त्यस्तै यू एकेडेमी इंग्लिश बोर्डिङ स्कुल द्वितीय , प्रगति नमूना माध्यमिक विद्यालय तृतीय हुन सफल भएको हो ।
कार्यक्रममा माल्दिभ्समा भर्खरै सम्पन्न १४ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा, रूपन्देही जिल्ला सैनामैना मुर्गीयाका होनहार खेलाड़ी कृष्णप्रसाद श्रेष्ठले रजत पदक जित्न सफल भएकोमा रूपन्देही जिल्लाको नाम साथै हाम्रो देशकाई नाम अन्तराष्ट्रीय जगतमा चिनाउन सफल हुनु भएकोमा सैनामैना ओपन स्काउट क्रिउ परिवार नेपाल स्काउटको पूर्व संध्या कार्यक्रममा उहाँको उज्वल भविष्यको कामनाका साथ बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रम सैनामैना ओपन स्काउट क्रिउका सिनियर टीम लिडर अमृत सुनारको स्वागत एवम् सैनामैना ओपन स्काउट क्रिउका रोभर र रेन्जरद्वय आर्यन घिमिरे र शारदा पाण्डेको सञ्चालनमा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय सैनामैना एक रानिबगियाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation