विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका २ मा रहेको न्यु एकेडेमी ईङ्गिलिस बोर्डिङ्ग स्कुलले आइतबार एक कार्यक्रमका विच माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । शैक्षिक सत्र २०८० को एसईई परीक्षामा विद्यालयबाट ३७ जना विद्यार्थी सहभागी थिए । सहभागी ३७ मध्ये ३७ जनानै उत्तीर्ण गराउन विद्यालय सफल भएको छ । उत्कृष्ट जिपिए सहित सत प्रतिशत नतिजा निकाल्न सफल यस विद्यालय लुम्विनी प्रदेशमै एक मात्र रहेको विद्यालयले दावि समेत गरेको छ । स्थापनाको छोटो समयमै यस क्षेत्रमा प्रतिष्ठित एवं उदयीमान शैक्षिक संस्थाको रूपमा न्यु एकेडेमी स्थापित भइसकेको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाको एसईइको नतिजाले कतै दुखी त कतै सुखी बनाएको उल्लेख गर्नुभयो । सरकारले तलव भत्ता दिने, जग्गा दिने, भवन दिने जस्ता हरेक सुविधा दिन केहि सामुदायिक विद्यालयको नतिजा निकै दुख दायि रहेको भन्दै सरकारबाट कुनै पनि सुविधा नपाउने विद्यालयको सत प्रतिशत नतिजाले खुसी बनाएको बताउनुभयो । आफु स्थानीय तहको प्रमुख भएको हिसावले सस्थागत विद्यालयलाई आफु नगरपालिकामा निर्वाचित भएपछि थोरै धेरै भएपनि सम्वोधन गर्न थालेको समेत उल्लेख गर्नुभयो । प्रमुख शर्माले यस विद्यालयको नतिजाले आफुलाई मात्र नभएर सिङगो नगरवासीलाई खुसी बनाएको उल्लेख गर्नुभयो ।
यस्तै विशिष्ट अतिथि सैनामैना नगर उप–प्रमुख विना रानाले विद्यालयले यो नतिजा प्राप्त गर्दा आफुलाई निकै खुसी लागेको बताउनुभयो उहाँले यो नतिजा प्राप्त गर्न सफल विद्यालयलाई वधाइ दिदै उत्तीर्ण सम्पुर्ण विद्यार्थीलाई बधाइका साथ आगामी दिनका लागि थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल टोपलाल भट्टराईले एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न विषय अध्यापन गराई उत्कृष्ट नतिजा प्राप्त गराउन सफल विषय शिक्षकहरुलाई धन्यवाद दिनुभयो । कक्षा १० सञ्चालन भए देखिनै यस विद्यालयले सत प्रतिशत नतिजा ल्याउदै छोटा समयमै सैनामैनामा न्यु एकेडेमी अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित भएको समेत उहाको भनाइ छ । उहाँले विद्यालयका आउँदा शैक्षिक यात्रा झनै सुखद हुँदै जाने उपकार अनलाइनलाई बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलले यस विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै आएको वताउनुभयो । उहाले उत्कृष्ट जिपिए सहित उत्तीर्ण सम्पुर्ण विद्याथीहरुलाई अरुको दबाबमा उच्च शिक्षा नरोजी आफ्नो क्षमता र रुचिलाई मध्यनजर गरी विषय छनौट गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यालयका एकेडेमिक चिफ नविन प्रभुको स्वागतमा भएको कार्यक्रममा सैनामैना वडा न.२ का वडा अध्यक्ष अम्मर वहादुर कंडेल, विद्यालय व्यवस्थापन समिति सदस्य टिकाराम न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नवराज भुसालले गनुभएको थियो ।