उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना ४ स्थित ग्यालेक्सी बोर्डिङ्ग स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक कर्याक्रमको आयोजना गरि सम्मान गरेको छ । सैनामैनामा रहेर विद्यार्थीको मनोभावना बुझेर शिक्षा प्रदान गरिरहेको यस विद्यालयले यस वर्ष सैनामैनामा रहेका संस्थागत विद्यालय मध्य ग्यालेक्सी स्कुलका छात्र विष्णु पाण्डेले ३.९० ल्याई प्रथम समेत भएको दावी समेत गरिएको छ।
कार्यक्रममा बोल्दै विद्यालयका म्यानेजिङ डाइरेक्टर प्रकाश भट्टराईले विद्यार्थीहरुले विद्यालयको नाम राख्न सफल भएकोमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । अबको उच्च शिक्षाको बाटो उज्ज्वल रही रहोस भन्ने कामना गर्नु भयो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जीवन बन्धु सेवानीले यस विद्यालयमा विताएका दिनलाई स्मरण गर्दै जीवनभर ग्यालेक्सीको नाम चम्काइ रहनु भन्दै शुभकामना व्यक्त गर्नु भयो । नतिजा जे जस्तो होस त्यसलाई बदल्न सकिन्छ तर नैतिकता र अनुशासन महत्त्वपूर्ण हुने भएकाले यसलाई कहिल्यै विद्यार्थीले भुल्ने छैनन भन्ने आशा विद्यालयका प्रधानाध्यापक श्रावण कुमार गौतमले व्यक्त गर्नुभयो ।
विद्यार्थीहरुको तर्फबाट बोल्दै विष्णु पाण्डेले विद्यालय हामीलाई सिकाएको ज्ञान व्यवहारमा उतारी ग्यालेक्सी स्कुलको नाम सधैभरी राख्ने प्रतिबद्धता राखेका थिए। माद्यामिक तहमा शिक्षण गर्ने सम्पूर्ण शिक्षको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका शिक्षक बाबुराम खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।