विरेन्द्र सी र चादनी अधिकारीले मानव सेवा आश्रममा पुगेर मनाए आफ्नो जन्मदिन

उपकार अनलाइन, सैनामैना ।
केन्द्रिय प्रतिनिधि परिषद् सदस्य तथा नेकपाका रुपन्देही सेक्रेटरी विरेन्द्र सी र सामाज सेवी चादनी अधिकारीले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । बुटवल सुख्खानगरस्थित मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर जन्मदिन मनाएका हुन् ।

विगतका वर्षहरुमा पनि वृद्ध आश्रम, बाल आश्रममा जन्मदिन मनाउँदै आएको बताउने विरेन्द्र सीले यो वर्ष मानव सेवा आश्रममा जन्मदिन मनाएको बताए । सीले सधै दुखी, गरिव जनताको आवाज वोल्दै हिडिरहेका छन् । जनताको काममा खटिदै समाजमा सामाजिक समस्याहरुको वारेका वोल्ने सीले यसपालिको जन्मदिनलाइ मानव सेवा आश्रममा मनाएका हुन् । मानव सेवा आश्रमले सडकमा जीवन विताउँदै आईरहेका मानिसहरुलाई सेवा पु¥याउँदै आईरहेको छ । उक्त आश्रमले अहिले करिव ४५/४६ जनालाई हेरचाह गर्दे आएको छ ।

पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेष्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । त्यहि खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको चादनी अधिकारीले उपकार अनलाइनलाई वताइन ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation