भेनेजुएलालाई हराउँदै क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डौ । आज बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल एकरएक को बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो । पेनाल्टी सुटआउटमा क्यानडा ४–३ गोलले विजयी भयो ।

क्यानडाका सालोमन रोन्डन र भेनेजुएलाका ज्याकब शेफलबर्गले समान एक गोल गरेका थिए । कोपा अमेरिका फुटबलमा क्यानडा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । भेनेजुएला सन् २०११ मा सेमिफाइनलसम्म पुगेको थियो । हिजो भएको पहिलो क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation