आज पनि देशैभरि पानी पर्ने, लुम्बिनीसहित ५ प्रदेशमाअति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक९दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation