रुससँगको मैत्रीपूर्ण भलिबलमा नेपाली महिला टोली सोझो सेटमा पराजित

काठमाण्डौ । रुससँगको पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ । आज त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा नेपाल रुससँग ३–० को सोझो सेटमा पराजित भयो । रुस पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१५ ले विजयी‌ भयो ।

काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले रुसको टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भोलि सोमवार हुनेछ । यही साउन १७ गतेदेखि काठमाण्डौमा शुरु हुने काभा नेसन्स लिगमा नेपालसहित, भारत, इरान, श्रीलङ्का र माल्दिभ्सले खेल्दैछन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation