अनेरास्ववियु रामापुर क्याम्पसको अध्यक्षमा पाण्डे चयन

प्रदिप ज्ञवाली, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियुको क्याम्पस कमिटीको अध्यक्षमा विज्ञान पाण्डे चयन भएका छन । क्याम्पसमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको क्याम्पस अधिवेशनबाट विज्ञान पाण्डेको अध्यक्षतामा १८ पदाधिकारी सहित ५१ सदस्य क्याम्पस कमिटि चयन गरिएको हो ।

नयाँ बनेको समितिको उपाध्यक्षमा विनय कोईराला ,सचिवमा सुशिला गौतम ,सह सचिव आर्यन घिमिरे,अमृत सुनार ,पवित्रा गिरी,निमराज न्यौपाने कोषाध्यक्ष शुक्रराज शर्मा सचिवलय सदस्य शुशिला घिमिर,जिवन भुषाल,दुर्गा सापकोटा ,शुशिला अर्याल ,प्रेरणा भण्डारी ,विपना घिमिरे ,नारायण ज्ञवाली ,विवेक अर्याल ,सुदन बस्याल रहनुभएको छ। यस अघि क्याम्पस कमिटीको अध्यक्ष बिमल न्यौपाने र सचिव मिलन शर्मा रहनुभएको थियो ।No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation