पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा एक युवतीको मृत्यु

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ।

कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिउसो पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो।

शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांउ जलमग्न भएको अवस्थामा बाल बच्चा लाई सो स्थानहरूमा जान न दिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation