नेपाल रेडक्रस सैनामैना दुधराक्षले १०८ पिपलका विरुवा लगायो

उपकार अनलाइन, सैनामैना
रुपन्देहीको सैनामैनामा अवस्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखाको आयोजनामा रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका बिरुवाहरु लगाउने कार्यक्रम शनिवार रुपन्देही क्षेत्र नंं. ५ का संघीय सांसद बासुदेव घिमिरेको प्रमुख अथित्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद घिमिरेले सामाजिक क्षेत्रमा निस्वार्थ सेवामा क्रियाशील संस्थाले वातावरण र पर्यावरणको महत्वलाई समाजमा स्थापित गराउनको लागि वृक्षारोपण कार्यक्रम, जस अन्तरगत पिपलका बिरुवाहरु लगाउने कार्यको प्रशसा गर्दै उदाहरणीय कार्य भएको बताउनु भयो । नेपाल रेडक्रसले मानव जीवनको लागि अति आवश्यक रक्तदान जीवन दान कार्यक्रमको सञ्चालन गर्नुका साथसाथै थप सामाजिक उत्तरदायित्व अन्तरगत वृक्षारोपण एवं रेडक्रस बाटिका निर्माण जस्ता कार्य समाजको लागि नमुना कार्यक्रम भएको बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथि सैनामैना नगरपालिकाका उपमेयर बिना रानाले रेडक्रसको वृक्षारोपण तथा बाटिका निर्माण कार्यको प्रशसा गर्दै विश्व शान्तिको क्षेत्र लुम्बिनीमा आउने पर्यटकहरुलाई सैनामैना नगरपालिकाको मलमला क्षेत्रमा ल्याउने योजना नगरपालिकाको रहेको र यस्ता उदारणीय कार्यले पर्यटन प्रवर्धनमा सहयोग पु–याउनुका साथै पिपलको धार्मिक महत्व र मानव जीवनको लागि अति आवश्यक प्राण वायू अक्सिजन उत्पादनमा पिपलले खेल्ने भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो । आगामी वर्षहरुमा यी र यस्तै वाटिकाहरुका प्रवर्धन, संरक्षण र विकाशको लागि नगरपालिका पर्याप्त बजेट विनियोजन गर्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल रेडक्रशका प्रदेश सभापति कृष्ण पंगेनीे, जिल्ला रेडक्रश उपसभापति हिरा चन्द, शान्ति समाज नेपालका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द खनाल, सैनामैना वडा नं.६ का वडा सदस्य आषिश पोख्रेल लगायतले सैनामैना रेडक्रसको काम उदाहरणीय रहेको बताउनु भयो ।

वृक्षारेपण कार्यक्रम विभिन्न टोल विकाश संस्थाहरु क्लवहरु, आमा समूहहरु , स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो भने इंकोरिया सामुदायिक वन सैनामैना वडा नं। ६ र ८ को प्राविधिक सहयोग रहेको थियो । उक्त कार्यक्रम दुधराक्ष उप–शाखाका सभापति विष्णु अर्यालको अध्यक्षता उप–सभापति चन्द्रिका भट्टराईको स्वागत मनतव्य एवं सचिव घनश्याम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation