तिनाउ पश्चिम वितरक संघको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना ।
तिनाउ पश्चिम वितरक संघले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बैंकसँग व्यापारी भन्ने उद्देश्यले सैनामैना–२ बाबरी होटेलमा एक कार्यक्रमका बीच बुधवार वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको हो।

नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर सुवेदीको बैंकसंग नजिकको सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सुवेदीले आर्थिक मन्दी र चर्को व्याजदरले व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था छ भने व्यवसायीलाई आर्थिक भारले व्यवसायीप्रति नैरास्यता बढेकाले पेशालाई बचाइराख्न जोड दिनुभयो ।

तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेले व्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको संस्थाले संस्थाको वार्षिक कार्ययोजना अनुसार वित्तीय साक्षरता कार्यक्रम गरिएको बताउँनुभयो । वितरक र व्यापारीको सम्बन्ध नङ र मासुको जस्तो भएकाले व्यवसायीले एक अर्काका समस्या बुझ्दै हातेमालो गर्दै पेशा व्यवसायिप्रति मार्यदित र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने जोड दिनुभयो । पछिल्लो समय आर्थिक मन्दि संगसंगै पैँसा कमाउनकै लागि युवाहरु विदेशिने चलन बढ्दो रहेकाले इच्छाशक्ति र सम्भावना चिन्न सके स्वदेशमै पैसा छ, भन्दै उहाँले पेशालाई निरन्तरता दिदै व्यवसायमा प्रतिबद्ध भएर लाग्न सके सफल बन्ने बताउनुभयो ।

नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर सुवेदीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले बोल्दै स्थानीय स्तरमा उत्पादित वस्तुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम एन एम बि बैंक सैनामैना मुर्गिया शाखा प्रमुख कमल प्रसाद ढकालले बैंक भनेको के हो र बैंक बाट सेवा सुविधा लिदा ध्यान दिनुपर्ने कुराहरू, कजांका प्रकार र तिनका फाईदाहरु,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु, कर्जा सुविधा लिदा सामान्यतया गरिने गल्तीहरु,एनएमबि बैंकको परिचय र सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग के हो र सुरक्षित डिजिटल कारोबार कसरी गर्ने, शेयर बजार, लगानी गर्ने तरीका, र शेयर बजार सम्बन्धि जान्नै पर्ने कुराहरु बारेमा प्रशिक्षण गराउनु भएको थियोे ।

तिनाउ पश्चिम वितरक संघ सैनामैनाका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षतामा तिनाउ पश्चिम वितरक संघका संयोजक होमनाथ सुवेदीको स्वागत मन्तव्य तथा संघका महासचिव विक्रम अर्यालको सञ्चालन कार्यक्रम सप्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation