सैनामैनामा जारी भलिवल फाइनल खेल आजः शृष्टि युवा क्लव र लुम्विनी प्रदेश तालिम केन्द्र बुटवल भिड्दै

उपकार अनलाईन, सैनामैना ।
गत १६ गते देखी जारी आज शृष्टि युवा क्लवको आयोजनामा आयोजित स्व.ईन्द्र प्रसाद भट्टराईको स्मृतीमा  B- Leval खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेल आज शृष्टि युवा क्लव र लुम्विनी प्रदेश तालिम केन्द्र बुटवल विच हुने आयोजकले जनाएको छ ।
बुधवार भएको सेमीफानल खेलमा आयोजक शृष्टि युवा क्लवले सालझण्डी आर्मीलाई २–० ले हराउदै फाइनल प्रवेश गरेको हो । यस्तै निकै प्रतिस्पर्धात्मक खेलमा लुम्विनी प्रदेश तालिम केन्द्र बुटवलले गोलपार्क भलिवल क्लवलाइ २–० ले पराजित गदै फाइनलमा रुथान पक्का गरेको हो । फाइनल खेल आज विहान १० वजे हुनेछ । यस्तै विहान ८ः३० वजे तेस्रो र चौो स्थानका लागि गोलपार्क भलिवल क्लव बुटवल र सालझण्डी आर्मी विच खेल हुने खेल संयोजक बोम बहादुर बुढा मगरले जानकारी गराउनुभयो।
हरितालिका तीजको अवसर पारेर सैनामैना ३ दर्खासीमा रहेको शृष्टि युवा क्लवले प्रत्येक वर्ष खुल्ला भलिवल प्रतियोगिताको सञ्चालन गर्दै आएको अध्यक्ष भक्त बहादुर थापाले जानकारी गराउनुभयो । युवाहरुको मागलाई मध्यनजर गर्दै भलिवल प्रतियोगिता सञ्चालन गर्दै आएको उहाको भनाइ छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation