शृष्टि युवा क्लवले जित्यो B-Leval खुल्ला भलिवलको उपाधि

उपकार अनलाईन, सैनामैना ।
स्व.ईन्द्र प्रसाद भट्टराई स्मृती कप B-Leval खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक शृष्टि युवा क्लवलले हात पारेको छ ।

सैनामैना वडा नं. ३ दर्खासीमा शुक्रवार भएको फाइनल खेलमा आयोजक क्लवले लुम्विनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवललाई ३–१ को सेटमा पराजित गर्दे उपाधि आफ्नो हातमा पारेको हो । उपाधि हात पारे संगै क्लवले नगद ३५ हजार प्राप्त गर्न सफल भएको छ भने लुम्विनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले दोस्रो हुदै नगद २० हजारमा चित्त बुझाउन बाध्य भएको छ ।

यस्तै तृतिय स्थानका लागि भएको खेलमा गोलपार्क स्र्पोट क्लवले सालझण्डी आर्मीलाई ३–२ को सेटमा हराएको छ । खेलमा विधागत तर्फ उतकृष्ट कोच, खेलाडी, स्पाइकर, व्लकर लगाएतका विभिन्न खेलाडीलाइ समेत सम्मान गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation