बैकुण्ठपुर कृषक समुहको छैठौ बार्षिक साधारण सभा सम्पन्न

उपकार अनलाइन, सैनामैना ।

रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको बैकुण्ठपुर कृषक समुहको छैर्ठौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले सैनामैनामा किसानहरुलाई कसरी व्यवसायीक बनाउने र उनिहरुले उत्पादन गरेका उत्पादनलाई कसरी ब्यबस्थापन गर्ने तर्फ योजना बनाई रहेको बताउदै छिट्टै सैनामैना वडा नं. ३ मा निमार्ण भएको चिस्यानकेन्द्र सञ्चालनगरि किसानको उत्पादनलाई भण्डारण गर्ने तर्फ नगर लागेको बताउनुभयो ।

अन्य समुहभन्दा बैकुण्ठपुर कृषक समुहउत्कृष्ट रहेको भएरनै बिभिन्न संस्थाबाट सुबिधाप्राप्त गरेको प्रधानमत्री कृषि आधुनि करण परियोजनाका प्रमुख नारायण काफ्लेले बताउनु भयो । यस्मा कृषक समुहको मेहनत,काम गरेको आधार, सफल अभ्यास नै रहेको उँहाको भनाई थियो । पछिल्लो समय युवाहरु कृषिबाट पलाएन भएको अबस्थामा कृषि पेशालाई कसरी मर्यादित र सम्मानित बनाउने भन्ने बारेमा चुनौती देखापरेको बताउदै यस्लाई व्यबसायीक रुपमा अगाडी बढाउन सके मात्र युवाहरुलाई यो पेशाप्रति आर्कशितगर्न सकिने प्रमुख काफ्लेले बाताउनु भयो ।

बैकुण्ठपुर कृषक समुहका अध्यक्ष भुपराज बस्यालको अध्यक्षता सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुखबिना राना, प्रधानमत्री कृषि आधुनिकरण परियोजनाका प्रमुख नारायण काफ्ले, सैनामैना वडा नं. ६ का अध्यक्ष गोपाल पोखरेल, कृषि शाखा प्रमुख श्रृर्जना खनाल, पाणेनी एकता कृषक समुहका अध्यक्ष कृण्णप्रसाद पोखरेल, समुहका सल्लाहकार रामप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ठ कृषकबाट चक्र खनाल र उषा खत्रीलाई सम्मानित गरिएको थियो भने जेष्ट नागरिक बाट पोलाकान्त खनाल र गिरिराज काफ्लेलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
समुहका अध्यक्ष भुपराज बस्यालले प्रगती प्रतिबेदन र कोषाध्यक्ष राधिका काफ्लेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन निरु बस्यालले गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation