देउवापार ब्वाइजद्वारा चोकमा सिसिटिभी क्यामरा जडान

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. ७ देउवापारमा रहेको देउवापार व्वाइजको पहल र नेतृत्वमा सिसिटिभी क्यामेराको जडान कार्य सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बीच क्यामेराको हस्तान्तरण एवं दाता सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । सिसिटिभी क्यामेराको जडान कार्य सम्पन्न गर्न कुल चार लाख चालिस हजार रकम खर्च भएको क्लवका सचिव विशाल पौडलले बताउनुभयो ।No description available.

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले युवाहरुले समाजलाई सभ्य, अनुशासित र मर्यादित बनाउन गरेको उक्त कार्यको मुक्तकण्ठले प्रसंसा गर्नुभयो । सिसिटिभि क्यामेरा अन्तरगत आठ वटा क्यामेरा जडान भएका छन । जसको मनिटरिङ वडा कार्यालयको एक कक्षबाट हुनेछ । अबको समय व्यवस्थापन स्थानीय सरकार र प्रहरी चौकी सालझण्डीबाट हुने बताएको छ ।

No description available.

यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरूको अग्रसरतामा भएको कार्यले यस क्षेत्रमा चोरी डकैती तथा अवैध कार्यहरु अव विस्तारै कम हुने बताए । सिसिटिभी क्यामेरा जडान कार्यको संयोजकमा सुशील अधिकारी हुनुहुन्थ्यो भने कार्यक्रमको प्रतिवेदन देउवापार ब्वाइजका कोषाध्यक्ष मदन घिमिरेले प्रस्तुत गर्नुभएको थियो।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको देउवापार व्वाइजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने राजनीतिज्ञ एवम् समाजसेवीहरुको आतिथ्यता रहेको थियो। देउवापार ब्वाइजका सचिव विशाल पौडेलजको सञ्चालनमा शुक्रवार कार्यक्रम भएको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation