
बिराट पहारी, पाल्पा तानसेन ।
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं-१, नमूना भिलेज मा रहेको हातेमालो टोल विकास संस्थाले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मनसुन पछाडि चाडपर्वको पूर्व सन्ध्यामा टोल भित्रको मुख्य तथा भित्री बाटोहरुको सरसफाइ गर्नुका साथै घाँस र झाडी फडानी कार्यक्रम आज सम्पन्न गरेको छ ।
टोल भित्र रहेको मुख्य सडक पोलधारा ( हातेमालो चोक ,ॐ पार्क , वुद्ध चोक र हातेमालो चोक , जैसी चौपारी जाने मोटरबाटो तथा भित्री बाटोहरु गणेश मार्ग, राधे मार्ग, एकान्त मार्ग, शान्ति मार्ग, लव मार्ग, वुद्ध मार्ग, सिद्धार्थ मार्ग, देवी मार्ग, रामकृष्ण मार्ग, शिवशक्ति मार्गको सरसफाइ र झाडी फडानी काम सम्पन्न भएको छ ।
सरसफाइ कार्यक्रममा सहभागी भइ सक्रियताका साथ आफ्नो कर्तव्य पूरा गर्नु हुने हातेमालो टोल विकास संस्थामा आवद्ध सदस्य ज्यूहरु, आँपटारी लिफ्टिङ खानेपानीका उपभोक्ताहरु र नमूना भिलेज निवासी सम्पूर्ण प्रति उक्त संस्थाका अध्यक्ष विजय प्रकाश आले ले धन्यवाद व्यक्त गर्नु भएको छ ।।