एग्रीवस्तु कोल्ड स्टोरेजद्धारा समाचारको खण्डन

कपिलवस्तु । एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफ्नो कम्पनीसँग सम्बन्धित समाचार केही संचारमाध्यमहरुले प्रकाशित गरेको प्रति खण्डन गरेको छ ।
कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारको नियम कानून अनुसार सबै प्रक्रिया पूरा गरेर कोल्ड स्टोरेज सञ्चालन गरिरहेको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा कम्पनीले कोल्ड स्टोरेजको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धमा सम्बन्धित निकायबाट २०७८।६।२५ मा स्वीकृति प्राप्त गरेको उल्लेख छ। यसका साथै, भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि विगत ७ महिनामा कम्पनीले कुनै पनि प्याजको आयात र वितरण नगरेको जनाइएको छ।

एग्रीवस्तुले यस विषयमा प्रकाशित भ्रामक समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै, यस्ता समाचारहरूप्रति खेद व्यक्त गर्दै कानुनी उपचार खोज्ने जनाएको छ। कम्पनीले स्थानीय सञ्चारकर्मी, प्रशासन र प्रहरीको पनि मानमर्दन गरिएको प्रति दुःख व्यक्त गरेको छ।

यस प्रेस विज्ञप्तिमार्फत एग्रीवस्तुले आफ्नो व्यावसायिक गतिविधिहरू कानून सम्मत रहेको र गलत समाचार प्रकाशन गर्नेहरूविरुद्ध कडा कदम चाल्ने बताएको छ ।

एग्रीवस्तुद्वारा जारी विज्ञप्ति
No description available.

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation