नेकपा एमाले सैनामैनाकाे अध्यक्षमा चेतनारायण न्याैपाने निर्वाचित

उपकार अनलाइन, सैनामैना । नेकपा एमाले सैनामैना नगर अध्यक्ष पदमा चेतनारायण न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने १५५ मत सहित विजयी हुनुभएको हो भने न्यौपानेका निकटतम प्रतिस्पर्धी जिवनाथ पाण्डेले ८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवरले १३३ मत सहित विजयी हुदा उहाका प्रतिस्पर्धी लेखनाथ खनालले ६८ मत र तिर्थ प्रसाद भुसालले २४ मत पाए। सचिव पदमा चाम बहादुर क्षेत्री १३७ मत सहित विजयी हुदा भिम बहादुर खड्काले ८८ मत प्राप्त गरे । उपसचिव पदमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् ज्ञवालीले १५४ मत र थापाले १४९ मत प्राप्त गर्दा कमला चौधरीले ९७ मत मात्र प्राप्त गरिन् ।

२५१ कुल मत मध्य २४० मत खसेको थियो । १ मत बदर भएको थियो । निर्वाचित पदाधिकारीले आगामी तीन वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् ।

May be an image of text

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation