जबरजस्ती करणी आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्वारा आत्महत्या

बुटवल। दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन्। प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिनअघि नाबालिक करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

आज बिहान शौचालयमा मगरको शव गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको जल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले जानकारी दिए। दसैँको समयमा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको आरोपमा उनले प्रहरीसँग बयान पनि दिएका थिए।।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation