उपकार अनलाइन, सैनामैना ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै सचिवमा मेघराज अर्याल, कोषाध्यक्षमा लेखनाथ गैरे र सदस्यहरुमा जे.एन.पाण्डे, सुनिल पोख्रेल, कुलराज अधिकारी, लक्ष्मण अर्याल सर्वसम्मत चयन भएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान भएको बताउनुभयो । शिक्षामा निजि र सामुदायिक भनेर विभेद गरिनु हुदैन विद्यार्थीको हरेक क्षमता अभिवृद्धि गर्ने कुनै पनि कार्यक्रम होस, चाहे नगरले ल्याएको कार्यक्रममा विद्यालय स्तरमा विभेद नगरिने प्रमुख शर्माले दाबी गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य लेखनाथ पौडेलले गुणस्तरिया शिक्षा नेपालमा भित्राउनका लागि यो सस्था जन्मिएको बताउनुभयो । राज्यले संस्थागत र सामुदायिक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाए पनि व्यवहारमा संस्थागत विद्यालयलाई अझै विभेद गरेको बताउनुभयोे । कार्यक्रममा जिल्ला प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, लुम्विनी प्रदेश सहसचिव कृष्ण प्रसाद शर्मा लगायतले साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्याब्सन अध्यक्ष टोपलाल भट्टराईले सैनामैना नगर प्याब्सनले रचनात्मक काम गरेको बताउनुभयो । नगर भित्र प्याब्सनमा आवद्ध विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान समेत गरेको भट्टराईले जानकारी गराउनुभयो । आगामी दिनमा समेत यस कार्यलाई निरन्तरता दिने उहाँले उपकार अनलाइनलाई बताउनुभयो । प्याब्सन सैनामैनाको नगर अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको कोषाध्यक्ष शुसिला शर्माको स्वागत तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।