विमल गैरे, सौमैना ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । श्री शान्ति युवा क्लव गैडहवा–४, गैडाताल रुपन्देहीको आयोजनामा यहि मंसिर २६ गते देखी २९ गते सम्म गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजन गर्न लागिएको हो ।
प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरेका राष्ट्रिय खेलाडी ३ जना सम्म एक टिममा समावेश गर्न सकिने आयोजकले जनाएको छ । भलिवल प्रतियोगितामा १२ टिम भन्दा बढी सहभागी भएमा नकआउटको आधारमा खेल खेलाइने छ भने १२ टिम भन्दा कम संख्या सहभागी भएमा लिगकम–आउटको आधारमा खेलाइने खेल संयोजक शेर बहादुर कामु मगरले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ११ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ६६ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३० हजार कप, मेडल र प्रमाण पत्र एवम् सान्त्वना हुने टिमले नगद २० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनुभयो । यस्तैगरी विभिन्न विधागत पुरस्कार तर्फ उत्कृष्ट सेटर उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर खेलाडीका लागि जनही १ हजार पाचसय र सर्वोकृष्ट खेलाडीका लागि २ हजार पाचसय रुपैया नगद पुरस्कार सहित सम्मान गरिने क्लबका अध्यक्ष बस्नेतले उपकार अनलाइनलाई बताउनुभयो ।
गैडहवा गाउँपालिकाको आर्थिक सहयोग र गैडहवा गाउँपालिका वडा नं. ४ को सहकार्य तथा श्री शान्ति युवा कल्व, गैडहवा–४, गैडाताल, रुपन्देहीको आयोजनामा तेस्रो गैडहवा गाउपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक मेला २०८१ सञ्चालन हुन लागेको प्रसार प्रसार संयोजक सन्त महादुर क्षेत्री बताउनुभयो । उहाँले सवै खेल प्रेमि महानुभाव गैडहवा वासी साथै छिमेकी पालिकाबासीलाइ समेत खेल तथा सास्कृतीक कार्यक्रम हेर्न आउनका लागि उपकार अनलाइन मार्फत निमन्त्रण गर्नुभयो ।