आजबाट सैनामैनामा ब्याडमिन्टन प्रतियोगिता

उपकार अनलाइन, सैनामैना ।

सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज देखी सुरु हुदैछ । आज शनिवार सैनामैना ३ मा रहेको क्लबको कबर्डहलमा प्रतियोगिता सुरु हुने क्लवका अध्यक्ष पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो ।

प्रतियोगिता खुला ब्याडमिन्टन, भेट्रान तथा सुपर भेट्रान गरि तीनवटा बिधामा आयोजना गरिने क्लवले जनाएको छ । अध्यक्ष न्यौपानेका अनुसार नगरस्तरीय खुला ब्याडमिन्टन, ४० बर्षमाथिको भेट्रान तथा ५० बर्षमाथिको खुला भेट्रान प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगर र प्रमाणपत्र, द्वितीय हुनेले १० हजार नगद र प्रमाणपत्र तथा तृतीय हुनेले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता अहिले विहान ८ बजेबाट सुरु हुने र करिव ४० टोलीको सहभागिता रहने क्लबका सचिव प्रकाश प्रकाश पौडेलले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation