सैनामैनाका वडा अध्यक्षहरुसँग सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना ।

सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लवले सैनामैनाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा खेलकुदको विकास, प्रतियोगिताको व्यवस्थापन, र सहकार्यका लागि आवश्यक कदमहरूबारे महत्वपूर्ण छलफल गरिएको थियो ।

प्रतियोगितालाई सफल बनाउन स्थानीय निकाय, सरकार, र विभिन्न संघ संस्थाको सहकार्यको आवश्यकता रहेको हुनाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको क्लवका अध्यक्ष किरन पोख्रेलले जानकारी गराउनुभयो । जनप्रतिनिधिहरूबाट प्रतियोगिताको आर्थिक पक्ष, प्रायोजन, र स्रोत व्यवस्थापनबारे महत्वपूर्ण सुझावहरू प्राप्त गर्न सकिने भन्दै यो कार्यक्रम आयोजना गरेको पोख्रेलको भनाइ छ ।

सैनामैना नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुले दुधराक्ष युवा क्लवले राष्ट्रिय स्तरकै खेल खेलाउन लागेकोमा क्लवलाई धन्यवाद व्यक्त गरे । प्रतियोगितालाई सफल गराउन क्लवको मात्र नभएर आफु जनप्रतिनिधिहरुको पनि महत्वपुर्ण भुमिका रहने भन्दै आवश्यक प्राविधिक, आर्थिक, र व्यवस्थापकीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन गर्ने र युवाहरूलाई सकारात्मक ऊर्जा दिन महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गरे । क्लवलाई आगामी वर्षहरूमा पनि भलिवल प्रतियोगिलाई निरन्तर दिनका लागि नगरपालिकाको वार्षिक नगर विकास योजनामानै आफ्नो योजना पेश गर्न सुझाव दिएका छन् ।

क्लवका सचिव पदम पाण्डेको सहजिकरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सैनामैना नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २५ गते देखी फागुन ३ गते सम्म सैनामैना–६, कलौनी चोक लुम्बिनी रोड खेलमैदानमा सञ्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation