प्रदिप ज्ञवाली, सैनामैना ।
वित्तीय क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रामापुर ९मुर्गिया० ले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तिय साक्षरता तालिम प्रदान गरेको छ । वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन सैनामैना नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजकुमार चौधरीेले गर्नु भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष चौधरीले बैङ्कबाट जुन प्रयोजनको लागि कर्जा लिइएको हो सोहि प्रयोजनमा लगानी गरे मात्र आर्थिक उन्नति हुने कुरा बताउनु भयो ।
राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानध्यापक ओम प्रकाश पाण्डेले धेरै वर्ष अघि देखि निर्धनले यस क्षेत्रको जनतालाई वित्तीय सेवा प्रदान गरिरहेको बताउदै खुशी व्यक्त गर्नुभयो । सो अवसरमा क्षेत्रीय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत पुन्यात्मा शुक्लाले तालिमको सहजीकरण गर्नु भएको थियो । तालिममा ७९ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
साक्षरता कार्यक्रम शाखा प्रमुख कृष्णबहादुर थापाको अध्यक्षता, सैनामैना-७ का वडा अध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यता, राष्ट्रिय मा वि का प्रधानाध्यापक ओम प्रकाश पाण्डे लगायतका विभिन्न अतिथिहरुको आतिथ्यतामा शाखाकी लेखापाल रुपा शर्माको स्वागत एवम् सुन्दर पछाई क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।