![](http://upakaronline.com/wp-content/uploads/2024/12/dilaram-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिलको गठवन्धनलाई पाखा लगाउँदै प्रेस सेन्टरका डिलाराम भुसाल नेपाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । भुसालले प्रतिस्पर्धी उम्मेदवार पार्वती पाण्डेलाई ३ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् । भुसालले ४२ मत प्राप्त गरे भने पाण्डेले ३९ मत प्राप्त गरिन् । भुसाल पुर्व अध्यक्ष समेत हुन् ।
निर्वाचितपछि पत्रकारहरूको हकहितका मुद्दालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने भुसालले प्रतिवद्धता जनाएका छन् । उनले भने, पत्रकारिताको पेशागत मर्यादा र पत्रकारहरूको सुरक्षालाई केन्द्रमा राखेर म कार्य गर्नेछु ।
जिल्लामा प्रेस सेन्टरको यो सफलता पछिल्लो समय पत्रकार महासङ्घमा देखिएको ध्रुवीकरणलाई चुनौती दिने संकेतका रूपमा हेरिएको छ ।
महासङ्घ कपिलवस्तु जिल्लाका अन्य पदहरूमा प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिलको गठवन्धनका साझा उम्मेदवार खग प्रसाद चापागाई, सचिवमा सनिउल्लाह धोवी, कोषाध्यक्षमा मोहन बेल्वासे निवार्चित भएका छन् ।