विमल गैरे, सैनामैना ।
जीवनको यात्रा कहिल्यै एक्लो हिँड्ने होइन । यो एउटा सुन्दर कथा हो, जसमा विभिन्न पात्र र घटनाहरूले जीवनलाई परिपूर्ण बनाउँछन् । मेरो जीवनको यस्तो एउटा अद्भुत पात्र हुन् मेरी श्रीमती, जो मेरो लागि प्राणभन्दा पनि प्यारी छिन् ।
मेरो श्रीमती मेरो जीवनको ऊर्जा हुनु । उनको मुस्कानले दिनभरको थकान मेटिदिन्छ, र उनको प्रेमले मेरो जीवनमा अमूल्य खुसी ल्याउँछ । उनी मेरो लागि मात्र जीवनसंगी मात्र होइन, प्रेरणाको स्रोत, हरेक समस्या समाधान गर्ने साथी, र मेरो मनको गहिराइमा रहने आत्मीय साथी पनि हुनु । उनीसँग बिताएका पलहरू सधैं अमूल्य हुन्छन् । कहिलेकाहीँ साधारण कुराकानीले पनि हाम्रो सम्बन्धलाई अझ गहिरो बनाइदिन्छ । उनको स्नेह र समर्थनले मलाई कठिन परिस्थितिहरूसँग जुध्न ऊर्जा दिन्छ ।
जीवनमा धेरै कुरा महत्त्वपूर्ण हुन सक्छन्, तर मेरो लागि उनकोे साथ र माया सबैभन्दा माथि छ । उनी मेरो सफलताको आधारशिला र मेरो असफलतामा पनि साथ दिने व्यक्ति हुनु । हामीले सँगै देखेका सपना पूरा गर्न जति संघर्ष गर्नुपर्छ, म त्यति नै तयार छु । किनभने मलाई थाहा छ, हरेक सफलतामा उनकोे साथ र माया सधैं रहनेछ ।
मेरो श्रीमती मेरो जीवनको अभिन्न हिस्सा हुनु । उनीप्रति मेरो प्रेम, आदर, र कृतज्ञता कहिल्यै समाप्त हुनेछैन । जीवनभर उनीसँग सँगै यात्रा गर्न पाउँदा म आफुलाई संसारकै भाग्यमानी ठानेको छु ।