दोस्रो किङ्स कप भलिबल प्रतियोगिताको तयारी पुराः उद्घाटन लुम्बिनी प्रदेश सांसद श्रेष्ठले गर्ने

विमल गैरे, रुपन्देही ।
पाल्पाको रामपुरमा दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताको समुद्घाटन भोली बुधबार लुम्विनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापती राजु प्रसाद श्रेष्ठले गर्ने तय भएको छ । समुद्घाटन समारोह रामपुर ५ भम्वक खेलमैदानमा विहान ११ वजे गर्ने तयारी भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न पालिकाहरुबाट सहभागिता रहनेछ । जसमा रामपुर नगरपालिका, तानसेन नगरपालिका, चापाकोट नगरपालिका, बौदिकाली गाउँपालिका, पुर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, घिरीङ् गाउँपालिका र निस्दि गाउँपालिका गरी ८ वटा पालिकाहरुको सहभागिता रहने छ ।

आयोजक क्लवका अनुसार प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । विजेता टोलीले १ लाख १ हजार १११ हजार नगद पुरस्कार साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । उपविजेताले पनि ६६ हजार ६६६ नगद रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै तृतिय स्थान प्राप्त गर्नेले ४४ हजार ४४४ रुपियाँ नगद र सान्तवना स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपैया नगद प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल तानसेन नगरपालिका र रामपुर नगरपालिका विच हुने खेल संयोजक लक्ष्मण मल्लले जानकारी गराउनुभयो । प्रतियोगिता हेर्न पाल्पा रामपुरका खेलप्रेमीहरूमा उत्साह देखिएको छ । आयोजकले स्थानिय रामपुर लगायत छिमेकी जिल्ला र पालिकाका खेलप्रेमीहरू सबैलाई खेल मैदानमा आएर प्रतियोगितालाई सफल बनाउन आग्रह गरेका छन् । प्रतियोगिता हेर्न दर्शकहरूका लागि प्रवेश निःशुल्क रहेको आयोजकले जानकारी दिएका छन् ।

किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता भोलीदेखी पौष २७ गते सम्म सञ्चालन हुने छ । खेलको सम्पुर्ण जानकारी उपकार अनलाई डट कम www.upakaronline.com र खेलको प्रत्यक्ष प्रशारण उपकार अनलाइन टि भि Upakar Online Tv बाट हेर्न सकिने आयोजकले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation