सिटी क्याम्पस बुटवलमा आगलागी

बुटवल। बुटवलको नयाँ गाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट विश्वविद्यालयको ल्याब कोठामा सामान्य क्षति भएको छ ।

आगलागीबाट अन्य कोठाहरुमा भने क्षति नभएको र अवस्था सामान्य रहेको बुटवलउपमहानगरपालिकाको दमकल शाखाले जानकारी दिएको छ । क्षतिको पूरा विवरण भने आउन बाँकी छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation