मिर्मिरे युवा क्लवद्वारा भलिबल प्रतियोगिताको दोस्रो दिन ५ वटा खेलहरु सम्पन्न

बिराट पहारी, रुपन्देही । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नारा सहित बुटवल उपमहानगरपालिको आर्थिक सहयोगमा मिर्मिरे यूवा क्लब, बुटवल-१३ ले बिगतका बर्षहरुमा झै माघे संक्रान्ती को अवसरमा संचालित प्रथम मेयर कप क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ को दोस्रो दिन ५ वटा खेलहरु सम्पन्न भएका छन् ।

दोस्रो दिन भएको पहिलो खेलमा गोलपार्क भलिबल टिमले मणिमुकुन्द भलिबल टिम लाई ३-० को सोझो सेटमा त्यस्तै, दोस्रो खेलमा न्यू होराइजन भलिबल क्लब एु ले इडन क्लबलाई ३-० को सोझो सेटमा त्यस्तै तेस्रो खेलमा न्यू होराइजन भलिबल कल्ब बि ले पाल्पा भलिबल क्लबलाई ३-० सोझो सेट मा हरायो। त्यस्तै दोस्रो दिन बाट सुरु भएको चौथो खेल अर्थात क्वाटर फाइनलको पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लब ए ले इडन भलिबल क्लब लाई ३-० सोझो सेटमा हरायो पाचौं खेले दोस्रो क्वाटर फाइनल खेलमा भने गोलपार्क भलिबल क्लबले पाल्पा भलिबल क्लब लाई ३-१ को सेटमा हराएको छ । गत २७ गते बाट संचालन भएको खेलमा कुल ८ टिमको सहभागिता रहेको छ।

उक्त खेलमा प्रथम पुरस्कार नगद रु १०१,००० साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र ,द्वितीय पुरस्कार नगद रु ६०,१०० साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र, तृतीय पुरस्कार नगद रु ३०,१०० साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र त्यस्तै सान्त्वना पुरस्कार नगद रु १५,१०० साथमा प्रमाण पत्र पाउनेछन भने उत्कृष्ट खेलाडी नगद रु ३,००० साथमा प्रमाण पत्र विधागत तर्फ उत्कृष्ट खेलाडी जनही नगद रु १,५०० सय प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक नवल गुरूङ्ग ले जानकारी दिनुभयो । बुटवल १३, बदेलपोखरी , मिर्मिरे युवा क्लबको खेल मैदानमा माघ १ गते सम्म खेल सञ्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation