
विराट पहारी, बुटवल ।
रुपन्देहीको बुटवलमा तेस्रो न्यू होराइजन अन्तर मावि जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । प्रतियोगिता मंगलवार देखि न्यु होराइजन उच्च माविको खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिता न्यू होराइजन मावि बुटवल अन्तर्गतको न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा सञ्चालन भएको हो प्रतियोगिताको दोस्रो दिन बुधवार ५ वटा खेलहरु सम्पन्न भएका छन ।
बुधवार सम्पन्न पहिलो खेल कुवरवर्ती मावि ले सिद्देश्वरी लालकुमारी मा.वि लाई ३—० को सोझो सेटमा, दोस्रो खेलमा एभरेस्ट इङलिस बोडिङ स्कुलले न्यू ग्रीन प्लान्ट बोडिङ स्कुल लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गर्यो, त्यस्तै तेस्रो खेलमा कालिका मानवज्ञान मा.वि ले कान्ति मा.वि लाइ ३–१ सेट मा हराउदै सेमिफाइनल प्रवेश गर्यो भने चौथो खेलमा कुवरवर्ती मा.वि ले बुद्ध पब्लिक मा.वि लाई ३–० को सेटमा हराउदै सेमिफाइनल प्रवेश गर्यो, अन्तिम तथा पाचौं खेलमा न्यू होराइजन बोडिङ स्कुल ले नवज्योती मा.वि लाई ३–० को सोझो सेटमा हराउदै सेमिफाइनल प्रवेश गरेको छ ।
सामुदायिक र संस्थागत विद्यालय गरी १२ टिमले सहभागिता जनाएको उक्त खेलमा भोलि अन्तिम दिन पहिलो सेमिफाइनल खेल एभरेस्ट मा.वि र कुवरवर्ती मा.वि विच बिहान ८ बजे र दोस्रो सेमिफाइनल खेलमा कालिका मानवज्ञान मा.वि र न्यू होराइजन मा.वि विच बिहान १० बजे आयोजकले जनाएको छ । सेमिफाइनल बिजेता दुई टिम फाइनल उपाधीको लागि भिड्नेछन भने सेमिफाइनल उपबिजेता दुई टिम तेस्रो स्थानको लागि भोलि नै भिड्नेछन ।
प्रतियोगिताको मुख्य उद्देश्य छात्राहरूमा भलिवल खेल प्रति रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा उजागर गर्नु रहेको विद्यालयका खेल संयोजक मिलन रानाले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि विजेताले नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैया, तेस्रो टिमले नगद १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने क्लवका अध्यक्ष चेतन बहादुर उचै ठकुरीले जानकारी दिनुभयो ।
छात्रा भलिबलको पहिलो संस्करण एभरेष्ट बोर्डिङ बुटवल र दोस्रो संस्करणको उपाधि न्यु होराइजन मावि बुटवलले जितेका थिए । भोलि हुने सेमिफाईनल खेल ,तेस्रो स्थान संङ्गै फाइनल उपाधीको लागि हुने छ । भोलि हुने समापन कार्यक्रम को प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाको उपप्रमुख साबित्रा देवि अर्याल रहने कार्यक्रम संयोजक जनक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।