मैत्रीपूर्ण भलिबल प्रतियोगितामा लिटिल वर्डस प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । आफ्नो विद्यालयको ६१ औं वार्षिकोत्सबको आवसर पारी रामापुर माध्यमिक विद्यालयले मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सैनामैनाको रानीबगियामा रहेको लिटिल वर्डस् इङलिस स्कुल विजयी भएको छ ।
कडा प्रतिस्पर्धात्मकरुपमा भएको खेलमा आयोजक रामापुर माध्यमिक विद्यालय द्वितीय भएको छ भने जनचेतना माध्यमिक विद्यालयले तृतीय स्थान हात पारेको छ ।
सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माद्वारा उद्घाटन भएको खेल विद्यालयको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation