रामापुर माध्यमिक विद्यालयमा रक्तदानः ५० युनिट सङ्कलन

सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमबाट ५० युनिट रगत सङ्कलन भएको छ ।

तपाइले गरेको रक्तदान, कसैका लागि जीवनदान हुनेछ  भन्ने नारा लिएर रक्तदान कार्यक्रम गरिएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी नन्दराम पोखरेलले जानकारी दिनुभएको ।

कार्यक्रम रामापुर माध्यमिक विद्यालयको आयोजना तथा सैनामैना युवा रेडक्रस सर्कल, रामापुर स्काउट ट्रुप र रामापुर बाल क्लबको सह आयोजनामा कार्यक्रम गरिएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation