![](http://upakaronline.com/wp-content/uploads/2025/02/Screenshot-2025-02-07-201040-670x420.png)
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा आजबाट सुरु भएको सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३ ० को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्दले जित दर्ता गरेको हो ।
सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको खेल मैदानमा भएको खेलमा मणिमुकुन्दले कोशी प्रदेशलाई पहिलो सेटमा २५-२२ दोस्रो सेटमा २५-२३ तथा तेस्रो सेटमा २५-१८ ले हरायो । सुरुवाती दुई सेट प्रतिस्पर्धात्मक भएपछि तेस्रो सेटमा कोशीले लय गुमाउँदा हार ब्यर्होनु पर्यो । प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ