उपाधीका लागि आर्मी र पुलीस मैदानमा

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै छन् ।

खेल दिउँसो १ बजे सैनामैना ६ कलौनी स्थित वडा कार्यलयको खेल मैदानमा हुनेछ । बिहीबार सम्पन्न सेमिफाईनल खेलबाट आर्मीले मणिमुकुन्द तथा पुलिसले गण्डकीलाई हराउँदै फाईनलमा भेट पक्का गरेका थिए ।

सेमिफाईनल आर्मीले मणिमुकुन्दलाई ३–१ को सेट अन्तरले हराउँदा दोस्रो सेमिफाईनलमा पुलिसले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा परास्त गरेको थियो ।

शुक्रबार तृतय र सान्त्वना स्थानका लागि मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच प्रतिस्पर्धा भएको छ । गण्डकीले मणिमुकुन्दलाई हराउँदै १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र आफ्नो पक्षमा पारेको छ ।

मणिमुकुन्दले भने सान्त्वना हुँदै ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation