बुद्धनगर युवा क्लवको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै

विमल गैरे, सैनामैना ।
पछिल्लो समय खेलमय वनेको रुपन्देहीको सैनामैना नगरपालिकामा फेरी १ लाख पुरस्कार राशीको पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित बुद्धनगर युवा क्लवको आयोजनामा यहि चैत्र २६ गते देखी ३० गते सम्म प्रथम वि वाइ सी कप खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया नगद शिल्ड र मेडल प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैया नगद शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीलाई नगद १५ हजार रुपैया प्रदान गरिने छ ।

प्रथम वि वाइ सी कप खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिताको तयारी अहिले तिव्र रुपमा भइरहेको छ । सैनामैनामा यस अघि माघ २५ देखी फागुन ३ सम्म राष्ट्रिय स्तरको भलिवल सम्पन्न भइ सकेको छ भने गत १९ गते देखी २८ गते सम्म फुटवल सम्पन्न भइसकेको छ । यस्तै वडा स्तरीय फुटवल तथा कृकेट समेत सम्पन्न भएका छन् ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation