
बुटवल । बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनलको समीकरण पूरा भएको छ ।
समूह चरणका दुई खेल बिहीवार सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । भारत गुजरातको साग भलिवल एकेडेमी समूह ‘ए’ बाट विजेता, त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै अघि बढेको हो।
समूह ‘बी’ बाट गल्कोट भलिबल क्लब विजेता र गण्डकी प्रदेश भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । आज पहिलो खेलमा साग र दोस्रो खेलमा गल्कोट विजयी भयो ।
सागले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो । साग २५–१८, २५–२३ र २५–२२ ले विजयी भयो ।
गल्कोटले पुलिसलाई ३-० ले हरायो ।
गल्कोट २५–२०, २६–२४ र २५–१६ विजयी भयो ।नेपाल पुलिस क्लब आफ्नो अन्तिम खेलमा सोझो सेटमा पराजित भएपछि सेमिफाइनलमा पुग्न असफल भयो । शुक्रवार सेमिफाइनलमा साग र गण्डकी तथा गल्कोट र आर्मी भिड्ने छन् ।