८औं भलिबल दिवसको अवसरमा भोलि बृहत् सरसफाइ कार्यक्रम हुँदै

विमल गैरे, सैनामैना ।
८औं भलिबल दिवसको अवसरमा न्यु होराइजन स्पोर्ट्स क्लब, बुटवल–११, रुपन्देहीको आयोजनामा भोलि जेष्ठ ८ गते क्लबको खेलमैदान परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रम बिहान १० बजे देखि सुरु हुने जानकारी आयोजक क्लबले दिएको छ। सरसफाइ कार्यक्रमपछि साँझ ६ बजे क्लब परिसरमै शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिनेछ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ अभियान सञ्चालन गरी खेल क्षेत्रलाई स्वच्छ र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्षले जानकारी गराएका छन्।

न्यु होराइजन स्पोर्ट्स क्लबले सम्पूर्ण खेलप्रेमी, क्लबका सदस्य, स्थानीयवासी, युवा र सरोकारवालाहरुलाई कार्यक्रममा सक्रिय सहभागी हुन अनुरोध समेत गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation