सामाजिक अभियान्ता भण्डारीको पहलमा चन्द्र सारुको सकुशल उद्दार

सैनामैना । रोजगारीको सिलसिलामा भारत हुँदै कम्बोडिया पुगेका रुपन्देही बुटवल उपमहानगरपालिका वार्ड नं. ८ निवासी चन्द्र सारु मानसिक समस्या भोगिरहेका अवस्थामा फेला परेपछि, विभिन्न देशमा रहेका नेपालीहरूको समन्वयमा विहिवार सकुशल उद्दार गरी नेपाल ल्याइएको छ ।
चन्द्र सारुको उद्दारमा रुपन्देही सैनामैना ९ निवासी पुर्व जनप्रतिनिधि तथा सामाजिक अभियान्ता डोलराज भण्डारीको विषेश पहलमा सारुलाई नेपाल ल्याइएको हो । यस्तै यो अभियानमा थाइल्याण्डवाट बिष्णु गैरे र कम्बोडियाका एनआरएन अध्यक्ष लाल सिंह खड्काको सक्रिय समन्वय र थाइल्याण्डस्थित नेपाली राजदूतावासको महत्वपूर्ण सहयोग रहेको भण्डारीले जानकारी दिनुभयो । रह्यो।
पछिल्ला समयमा सामाजिक अभियान्ताका रुपमा परिचत डोलराज भण्डारीले सारु मात्र नभएर धेरे नेपालीहरुको उद्धार गरिसक्नुभएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation