सैनामैनाको न्यु एकेडेमीको यात्रा यथावत्, यस वर्ष पनि एसईईमा शतप्रतिशत नतिजा

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकास्थित न्यु एकेडेमी बोडिङ्ग स्कूलले यस वर्षको एसईई परीक्षामा पनि आफ्नो उत्कृष्ठताको यात्रा कायम राख्न सफल भएको छ । संस्थागत विद्यालयहरूमध्ये सधैं अग्रणी रहँदै आएको न्यु एकेडेमीले यसपटक पनि शतप्रतिशत सफलता हासिल गरेको छ ।

विद्यालयका प्रिन्सिपल टोपलाल भट्टराइका अनुसार परीक्षामा सहभागी ४६ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । ४६ जना सवै २.८१ देखी माथी ल्याएर उत्र्तीण भएका छन् । जसमा ३.६१ -४ जिपिए ल्याउने विद्यार्थी संख्या १४ जना, ३.२१ -३.६० जिपिए ल्याउने विद्यार्थी संख्या २४ जना, २.८१- ३.२० जिपिए ल्याउने विद्यार्थी संख्या ८ जना रहेको छ । यो जिपिएका आधारमा सवै विद्यार्थीहरुले वि प्लस भन्दा माथी अंक ल्याएर उत्र्तीण भएका छन् । शिक्षामा गुणस्तर, अनुशासन र निरन्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्दै आइरहेको छ । कक्षा १० सञ्चालन भए देखिनै यस विद्यालयले सत प्रतिशत नतिजा ल्याउदै छोटा समयमै सैनामैनामा न्यु एकेडेमी अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित भएको समेत उहाको भनाइ छ ।

विद्यालयका सञ्चालक समिति अध्यक्ष मीन प्रसाद पौडेलले “शिक्षालाई सेवा र समर्पणको भावनाले अगाडि बढाउँदा यस्तो नतिजा सम्भव भएको बताउनुभयो । हाम्रो लक्ष्य भनेको मात्र अंक होइन, जिम्मेवार नागरिक उत्पादन गर्नु हो । यो सफलता सम्पूर्ण टिमको सामूहिक मिहिनेतको फल हो । अध्यक्ष पौडेलले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासन सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा झनै प्रभावकारी र सिर्जनशील शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयले विद्यालयको आधिकारी फेशवुक पेज माफर्त यसरी शुभकामना तथा धन्यवाद व्यक्त गरेको छ ।

२०८१ को SEEको प्रकाशित नतिजा अनुसार यस बिद्यालयबाट परीक्षामा सम्मिलित ४६ जना परीक्षार्थीहरु मध्ये १००% परीक्षार्थिहरु उत्तीर्ण हुन सफल भएका छन। जस मध्ये 3.61-4.00 GPA मा १४ जना
3.21-3.60 GPA मा २४ जना
2.81-3.20 GPA मा ८ जना गरी यो वर्ष पनि १००% को उत्तीर्ण नतिजाको निरन्तरता दिन/हुन सफल सम्पुर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। साथै यो नतिजाको लागि अहोरात्र खट्नुहुने सम्पुर्ण शिक्षकहरु , कर्मचारी वर्ग एवं अभिभावक वर्गमा समेत हार्दिक बधाई व्यक्त गर्दछौं।
—बिद्यालय परिवार
May be a graphic of 7 people and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation