शिक्षामा समावेशीताः अपांगता भएका व्यक्तिको पहुँच विस्तार हुँदै

सीता दर्नाल, बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ मणिग्राम बस्दै आउनु भएकी रमा पोख्रेल श्री शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्नु हुन्छ । उहाँ जन्मजात पूर्ण दृष्टि विहिन छात्रा हुनुहुन्छ, भने ब्रेल र स्टाइलसको माध्यम तथा खोपेर लेख्ने छामेर पढ्ने विधिद्वारा अध्ययन गर्दै आउनु भएकी उहाँ भन्नू हुन्छ पछिल्लो समय प्रविधिको माध्यम कम्प्युटर तथा ल्यापटपको सहारा लिएर अध्ययन गर्न पाउदा सहज महसुष गर्नु भएको छ ।

विद्यालयले वार्षिक रुपमा ८ हजारका दरले उपलब्ध गराउदै आएको छात्रवृत्तिले आफ्नो पढ्ने इच्छाशक्तिमा वृद्धि आएको उहाको भनाइ छ । यसैगरी पाएको छात्रवृत्ति रकम शौक्षिक सामाग्रीका लागि प्रयोग गर्ने गरेको समेत उहाले जानकारी गराउनुभयो । विद्यालयमा आफुले कक्षा १ देखि नै अध्ययन गर्दै आएपनि समावेशी शिक्षा विधि अपनाउदै आए पनि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिलाईmगणित विषय पढन र क्रियाकलाप गर्न असहज महसुस भएको कुरा उहाले बताउनु भयो । गणित विषय अध्यपन गराउनका लागि विद्यालयले तालिम प्राप्त शिक्षकको व्यवस्था गरिदिएमा म जस्तै धेरै दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई पढन सहज वातावरण सृजना हुने कुरा उल्लेख गर्नु भयो । उहाँले प्राप्त गर्दै आइरहेको छात्रवृत्ति रकम वृद्धि गरिदिए अझ राम्रो हुने समेत उहाको भनाइ छ । आफुले पाएको छात्रवृत्तिले पढनका लागि आत्मविश्वास बढाएको पनि हामीलाई सुनाउनुभयो ।

रमा पोख्रेल मात्र होइन सोही विद्यालयमा अध्ययन गर्ने अर्की छात्रा एन्जिला थापा भन्नू हुन्छ । आफू दृष्टिविहीन भएता पनि आफुले पनि स्टाइलस र ब्रेल को माध्यम बाट अध्ययन गर्दै आएको बताउनु भयो । पछिल्लो समय प्रविधिको माध्यम बाट अध्ययन गर्न सहज भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिले वार्षिक रुपमा ८ हजारका दरले छात्रवृत्ति पनि उपलब्ध गराउदै आएको छ । सोही रकम अध्ययन का लागि खर्च गर्ने बताउनु भयो ।

पारिवारिक वातावरणमा अध्ययन हुने कुरा संगै गणित विषयमा अध्ययन गर्न आफुलाई समस्या भएको उहाँ पनि भन्नुहुन्छ ।
श्री शान्ति नमुना माध्यमिक विद्यालयका स्रोत शिक्षक सीता गौतम भन्नुहुन्छ, ६५ सय विद्यार्थीहरुलाई अध्ययन गराउदै गर्दा ४२ जना विद्यार्थी दृष्टिसंग सम्बन्धित अपाङ्गता भएका बालबालिका यस विद्यालयमा अध्ययन गर्दै आएका छन् । विद्यालयमा विभिन्न विधामा अध्ययन गराउदै आए पनि दृष्टिविहीन अपाङ्गता भएका बालबालिका १९ जना छात्र र २३ जना छात्रा मध्ये पनि २१ जना बालबालिकाले आवसिय सेवा लिएको कुरा जानकारी गराउनु भयो । यसमा पनि प्युठान , बर्दिया , कपिलवस्तु , अर्घाखाँची , गुल्मी, पाल्पा, डोटी, र अधिकांश बालबालिका रुपन्देही जिल्ला कै रहेको पनि उहाँले बताउनु भयो ।

अपाङ्गता भएका बालबालिकाको शिक्षा पहुचं पुर्याउनका लागि घरदैलो कार्यक्रम गरेको र घरदैलो कार्यक्रम बाट नै दृष्टि संग सम्बन्धित अपाङ्गता भएका छात्राहरुका लागि महिनावारीका समयमा बिशेष व्यवस्था गरिएको र अपाङ्गता भएका बालबालिकाको लागि अतिरिक्त क्रियाकलापको व्यवस्था, सक्रिय सहभागीता शिक्षामा पहुँच पुर्याउन विभिन्न सरोकारवाला संघ सस्थाहरु संग सहकार्य , वार्षिक छात्रवृत्ति कार्यक्रम, घरदैलो कार्यक्रम अन्तरगत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरि अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्याउनका लागि समुदायसंग सहकार्य गरेको गौतमले बताउनु हुन्छ ।

तिलोत्तमा नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा का शाखा प्रमुख सम्झना भण्डारीले नगरपालिका भित्र १ हजार ४९ जना अपाङ्गता भए का व्यक्तिहरु रहेको बताउनुभयो । पालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम, क्षमता विकासका कार्यक्रम, सहायक सामाग्री वितरण कार्यक्रम संगै अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षामा पहुँच पुर्याउनलाई १२ सम्म उच्च शिक्षा अध्ययनका लागि बिशेष छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरेको बताउनु भयो ।

तिलोत्तमा नगरपालिकाले दृष्टिसम्बन्धि अपाङ्गता तथा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच ल्याउनका लागि अपाङ्गता परिचयपत्रका आधारमा छात्रवृत्ति वितरण कार्यक्रम अन्तरगत क वर्गको अपाङ्गता भएका व्यक्तिलाई वार्षिक छात्रवृत्ति तर्फ ५० हजारको दरले वितरण गरेको छ । यस्तै ख वर्गको परिचयपत्र अन्तरगत ५ हजारको दरले वितरण गरेको छ । ग वर्गको अपाङ्गता भएका विद्यार्थीका लागि वार्षिक ३ हजार र घ वर्गको अपाङ्गता परिचयपत्र भएका विद्यार्थीका लागि १ हजारका दरले छात्रवृत्ति वितरण गर्ने गरेको भण्डारीले बताउनु भयो ।

पालिकाले आगमि योजनाका लागि अपाङ्गता भएका बालबालिकाको छात्रवृत्ति कार्यक्रमका लागि २८ लाख ५० हजार, स्रोत कक्षा व्यवस्थापनका लागि रु १० लाख २६ हजार, अपाङ्गता भएका बालबालिकाको लागि फिजियोथेरापी , स्रोत शिक्षकका लागि रु ७ लाख, र दृष्टिविहिन अपाङ्गता भएका बालबालिकाको अतिरिक्त क्रियाकलाप क्रिकेट कार्यक्रम अन्तरगत रु १ लाख ५० हजार रुपैया छुट्याइएको छ ।
यसका साथै आगमि योजना प्रविधि मैत्री शिक्षा नीति , घरदैलो कार्यक्रम, फिजियोथेरापी कर्मचारीको व्यवस्था , अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदमा पहुँच पुर्याउनका लागि नीति तथा शिर्षक अनुसार कार्यलाई अघि बढाउने कुरा बताउनु हुन्छ तिलोत्तमा नगरपालिका का शिक्षा शाखा प्रमुख गंगा आचार्य ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation