जनचेतना मावि र न्यु एकेडेमीको सत प्रतिशत नतिजा आउदा, सैनामैना माविका ४ विद्यार्थीले ल्याए ४ जिपिए

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरुले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । नगरपालिका भित्र सामुदायिक र सस्थागत गरी २३ वटा माध्यामिक विद्याय रहेका छन् । एसईईको नतिजा शुक्रवार प्रकाशीत भए पनि नगरपालिकाको शिक्षा शाखाले २ दिन ढिला आइतवार मात्रै सवै विद्यालयको विवरण सार्वजनिक गरेको हो ।

सैनामैना नगरपालिकामा गत वर्ष भन्दा यस वर्षको एसईईको नतिजा उत्कृष्ट देखिएको छ । १३ सामुदायिक विद्यालय मध्य सैनामैना ९ मा रहेको जनचेतना माध्यामिक विद्यालयले सत प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । उक्त विद्यालयबाट एसईई परिक्षामा २७ जना परीक्षार्थी सहभागी गराएर सबैजना उत्तीर्ण गराउँदै सत प्रतिशत सफलता हासिल गरेको हो । यसैगरी १० संस्थागत विद्यालय मध्य सैनामैना २ मा रहेको न्यु एकेडेमीले पनि ४६ विद्यार्थी सहभागी गराई सबै उत्तीर्ण गराउँदै उत्कृष्टता प्रदर्शन गरेको छ । न्यु एकेडेमीले सधैे एसईईमा शत प्रतिशत विद्यार्थी पास गराउन सफल एक सस्थागत विद्यालय पनि हो ।

त्यस्तै, सैनामैना माविबाट १८९ विद्यार्थी परीक्षा दिएका थिए। जसमध्ये १७८ जना उत्तीर्ण र ११ जना अनुत्तीर्ण भएका छन् । विद्यालयका ४ जना विद्यार्थीले ४.जिपिए ल्याउन सफल भएका छन् । जुन सामुदायिक विद्यालयहरूका लागि उल्लेखनीय मानिन्छ । उक्त विद्यालय रुपन्देही जिल्लामा ४ जिपिए ल्याउने सामुदायिक तर्फ तेस्रो स्थानमा समेत छ ।

सामदायिक विद्यालय तर्फः
रामापर माध्यामिक विद्यालयबाट सहभागी २०३ विद्यार्थी मध्ये १९१ उत्र्तीण भए भनि १२ विद्यार्थी अनुत्र्तीण भए, पर्रोहा माध्यामिक विद्यालयबाट सहभागी १४१ विद्यार्थी मध्ये १३१ उत्र्तीण हुदा १० विद्यार्थी अनुत्र्तीण भए, कोटियादेवी माध्यामिक विद्यालयबाट सहभागी ४१ विद्यार्थी मध्ये ३४ उत्र्तीण भए भनि ७ विद्यार्थी अनुत्र्तीण भए , जनकल्याण माध्यामिक विद्यालयबाट सहभागी ६६ विद्यार्थी मध्ये ५७ उत्र्तीण हुदा १२ विद्यार्थी अनुत्र्तीण भए, दुर्गाभवानी माध्यामिक विद्यालयबाट सहभागी २५ विद्यार्थी मध्ये १७ उत्र्तीण भए भनि ८ विद्यार्थी अनुत्र्तीण भए, पशुपति माध्यामिक विद्यालयबाट एसईईमा सहभागी १०७ विद्यार्थी मध्ये ७१ उत्र्तीण भए भनि ३६ विद्यार्थी अनुत्र्तीण भए, सरस्वती माध्यामिक विद्यालयबाट एसईईमा सहभागी ३२ विद्यार्थी मध्ये २१ उत्र्तीण भए भनि ११ विद्यार्थी अनुत्र्तीण भए, मलमलादेवी माध्यामिक विद्यालयबाट एसईईमा सहभागी ३९ विद्यार्थी मध्ये २२ उत्र्तीण हुदा १७ विद्यार्थी अनुत्र्तीण भए, सालझण्डी माध्यामिक विद्यालयबाट एसईईमा सहभागी ३९ विद्यार्थी मध्ये २० उत्र्तीण भए भनि १९ विद्यार्थी अनुत्र्तीण भए गत वर्ष यस विद्यालयको नतिजा सुन्य रहेको थियो । पश्चिम पर्रोहा माध्यामिक विद्यालयबाट एसईईमा सहभागी ३७ विद्यार्थी मध्ये १४ उत्र्तीण भए भनि २३ विद्यार्थी अनुत्र्तीण भए, राष्टिय माध्यामिक विद्यालयबाट एसईईमा सहभागी ३७ विद्यार्थी मध्ये ७ उत्र्तीण हुदा ३० विद्यार्थी अनुत्र्तीण भए ।

सस्थागत विद्यालय तर्फः
सिद्धार्थ मेमोरियल ऐकेडेमीबाट एसईईमा सहभागी ७७ विद्यार्थी मध्ये ७६ उत्र्तीण भए भनि १ विद्यार्थी अनुत्र्तीण भए, नवप्रभात ईङलिस स्कुलबाट एसईईमा सहभागी ७८ विद्यार्थी मध्ये ७५ उत्र्तीण भए भनि ३ विद्यार्थी अनुत्र्तीण भए, सैनामैना मेमोरियल ईङलिस स्कुलबाट एसईईमा सहभागी ४२ विद्यार्थी मध्ये ४० उत्र्तीण भए भनि २ विद्यार्थी अनुत्र्तीण भए, ग्यालेक्सी ईङलिस स्कुलबाट एसईईमा सहभागी ३९ विद्यार्थी मध्ये ३६ उत्र्तीण भए भनि २ विद्यार्थी अनुत्र्तीण भए, सुनगाभा पव्लिक माध्यामिक विद्यालयबाट एसईईमा सहभागी ९६ विद्यार्थी मध्ये ९१ उत्र्तीण भए भनि ५ विद्यार्थी अनुत्र्तीण भए, प्रभात ईङलिस स्कुलबाट एसईईमा सहभागी १२१ विद्यार्थी मध्ये ११३ उत्र्तीण भए भनि ८ विद्यार्थी अनुत्र्तीण भए, लिटिलवर्ड ईङलिस स्कुलबाट एसईईमा सहभागी २० विद्यार्थी मध्ये १८ उत्र्तीण भए भनि २ विद्यार्थी अनुत्र्तीण भए, रामापुर सिभाइवल ईङलिस स्कुलबाट एसईईमा सहभागी २५ विद्यार्थी मध्ये २२ उत्र्तीण भए भनि ३ विद्यार्थी अनुत्र्तीण भए, बुद्ध ईङलिस स्कुलबाट एसईईमा सहभागी २३ विद्यार्थी मध्ये १९ उत्र्तीण भए भनि ४ विद्यार्थी अनुत्र्तीण भए ।

सैनामैना नगरपालिकाबाट एसईईमा सामुदायिक विद्यालय तर्फका ९८३ र सस्थागत विद्यालय तर्फ ५६७ गरी जम्मा १५५० परिक्षार्थी परिक्षामा सामेल भएको थिए । सामुदायिक विद्यालय तर्फ ७८७ विद्यार्थी सफल हुदाँ १९६ विद्यार्थी असफल भए यस्तै सस्थागत विद्यालय तर्फ ५३७ विद्यार्थी सफल हुदाँ ३० विद्यार्थी असफल भएका छन् ।

सामुदायिक विद्यालयको उत्र्तीण प्रतिशत ८०.०६ रहेको छ भने, सस्थागत विद्यालयको उत्र्तीण प्रतिशत ९४.७० रहेको छ । समग्र सैनामैनाको शिक्षालाई हेर्दा सामुदायिक विद्यालय भन्दा सस्थागत विद्यालयको नतिजा राम्रो देखिन्छ । सैनामैना नगरपालिकाबाट एसईईमा उत्र्तीण ८५.४१ प्रतिशत रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation